काठमाडौं, साउन ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको बताएका छन्। वाग्मती प्रदेशका नेता कार्यकर्तालाई शनिबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। […]