नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन