नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृत लामिछाने मगर एमालेकै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका छन् ।एकीकृत समाजवादी कम्युनिष्ट आन्दोलनलाई बदनाम हुने गरी व्यवहारमा दक्षिणपन्थी बाटो अबलम्बन गरेकाले समाजवादी पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ । साथै उनले एकीकृत समाजवादीमा लागेका अन्य नेता, कार्यकर्तालाई पनि एमालेमा फर्कीन आग्रह गरेकी छिन् ।