विराटनगर : सुनसरीको धरानकी १० वर्षीया परी राईको दिन मोबाइलको स्क्रिन हेरेर सुरु हुन्छ। उनी उठ्न साथ मोबाइलको हेर्छिन्। खाजा खाँदा होस् वा खाना खाँदा उनलाई मोबाइलमा केही न केही हेर्नैपर्छ।‘बिहान उठ्न साथ मोबाइल नहेरी अरु कुनै काम गर्नु मान्दैन,‘ परीकी आमा सुम्निले भनिन्, ‘मोबाइल भेटेन भने खाना खानु पनि मान्दैन खै कस्तो लत बस्यो।’परी बिहान १० बजेदेखि अनलाइन कक्षामा बस्छिन्। त्यसपछि लगभग तीन घण्टा उनी ल्यापटमा बिताउछिन्। अनलाइन कक्षा सकिनबित्तिकै मोबाइलमा कार्टुन हेर्न बसिहा