पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकपको बचत २३ लाख

गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ बचत भएको छ। यो आम्दानीमा बाँधिने गरी सुनिश्चित भएको (उठ्न बाँकी) रकम सहित हो।...

पहिरो पीडितलाई साढे १६ लाख रुपैयाँ राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ।...

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

ताप्लेजुङ - ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।   विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।     आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे ।

ताप्लेजुङ आगलागी : ७० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रारम्भिक तथ्याङ्क

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज शुक्रवार बिहान भएको आगलागीबाट झन्डै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आगलागीबाट घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूलाई जिल्ला अस्पताल पु¥याउनासाथ ज्यान गएको हो । यस्तै आगलागीमा परेर १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको छ ।  आगलागीका कारण दुई घर जलेको छ । ती दुई घरमा डेरा गरी बस्नेसहित सात परिवारका २३ जना विस्थापित भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभ...

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई छ लाखको पुरस्कार

काठमाडौँ- कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणि पौडेललाई छ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ। पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा उक्त पुरस्कार घोषणा गरिएको हो। भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट […]

मैवाखोला गाउँपालिकाले दियो सुकुम्बासीलाई जग्गा

ताप्लेजुङ : मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ।जसअन्र्तगत वडा नम्बर ४ साँघु ताम्राङमा पहिचान भएका दुई परिवारलाई जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लिम्बूले जानकारी दिए। ‘हामीले चालु आर्थिक वर्षमा सुकुम्बासी घरपरिवार पहिचान तथा जग्गा खरिदका लागि ४० लाख रुपैयाँ विनिय

अग्निपीडितलाई २१ लाख सहयोग

ताप्लेजुङ, असार २४ । पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङका काठमाडौंवासीको सक्रियतामा संकलित २१ लाख रुपैयाँ दोभान बजारका अग्निपीडितले पाउने गरी हस्तान्तरण गरिएको छ। मेरिङदेन गाउँपालिकास्थित दोभान बजारका अग्निपीडितका लागि संकलित सो रकम पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो। ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहवरमा पूर्वमन्त्री […]

फुङलिङमा फर्निचर गोदाममा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।