ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।