ताप्लेजुङ आगलागी : ७० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रारम्भिक तथ्याङ्क

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आज शुक्रवार बिहान भएको आगलागीबाट झन्डै ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको छ । आगलागीबाट घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूलाई जिल्ला अस्पताल पु¥याउनासाथ ज्यान गएको हो । यस्तै आगलागीमा परेर १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको छ ।  आगलागीका कारण दुई घर जलेको छ । ती दुई घरमा डेरा गरी बस्नेसहित सात परिवारका २३ जना विस्थापित भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभ...

सम्बन्धित सामग्री

ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका […]

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

ताप्लेजुङ - ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।   विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।     आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे ।

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो। बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट […]

भाइटीकाको दिन घरमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ – जिल्लाको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर […]

फुङ्लिङमा आगलागीबाट प्रत्येक वर्ष ठूलो क्षति

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठुल्ठूला आगलागीका घटना हुने गरेका छ। पटक–पटक हुने आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ। शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ। केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो […]

ताप्लेजुङको मेरिङदेनमा आगलागी, ४२ लाखको क्षति

ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार मेरिङदेन गाउँपालिका–६ नाल्बुका कन्चन लिम्बुको घरमा आगलागी भएको हो । आगलागीबाट घर तथा घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायत नष्ट भएका छन् । करिब ४२ लाख ३५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट रु १५ लाख क्षति

ताप्लेजुङ। फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ। फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो। राति करीब २ बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब १५ लाखको क्षति भएको गुरुङले बताए।

फर्निचर गोदाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए । बिजुली […]

फुङलिङमा फर्निचर गोदाममा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ-४ मा रहेको तमु फर्निचर उद्योग अर्थात कुमार गुरुङको फर्निचरको गोदाममा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो लाग्नुको कारण खुलेको छैन । गएराति २ बजेतिर लागेको आगो फुङलिङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार महतोले बताउनुभयो।