भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्स लगातका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ

सम्बन्धित सामग्री

दश वर्षपछि अलैंचीको मूल्य बढ्यो

सङ्खुवासभा – एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ। अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) को ७० हजार पुगेको छ। झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार भएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो। पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य […]

च्याङ्ग्राको मूल्य बढ्यो, विकल्पमा स्थानीय खसीबोका

बागलुङ : पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन। बडादशैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ। यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ। माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो। चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन्। बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग

किन बढ्यो एक्कासि गोलभेँडाको मूल्य ?

काठमाडौँ। पछिल्लो केही हप्तादेखि नेपाली बजारमा गोलभेडाको मूल्य बढेको छ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो। तर, ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासि माथि पुगेको व्यवसायीहरुले बताए। उनीहरुले पछिल्लो समय किसानहरुले […]

डलरको मूल्य बढ्यो, हामीलाई कस्तो प्रभाव पर्छ ?

नेपालमा डलरको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा प्रतिकूल असर पर्दैन। सामान्यतया बढी निर्यात गर्ने हुँदा बढी प्रतिकूल असर परे पनि केही क्षेत्रमा अनुकूल प्रभाव पनि पर्ने गर्दछ। यसले नेपाली निर्यातकर्ताहरूलाई फाइदा हुन्छ।

सुनका गरगहनाको निर्यात शतप्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७७/ ७८ देखि हुन थालेको सुनका गरगहनाको निर्यात चालू आवमा शतप्रतिशतभन्दा बढीले बढेको छ । पोहोरको तुलनामा यो वर्ष परिमाणको आधारमा सुनका गरगहनाको निर्यात १०२ प्रतिशतले बढेको हो । भन्सार विभागबाट प्राप्त चालू आवको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको चैत मसान्तसम्म २३ केजी बराबर सुनका गरगहना निर्यात भएको थियो । चालू आवको चैत मसान्तसम्म ४६ केजी ४०८ ग्राम बराबर सुनका गरगहना विभिन्न मुलुकमा निर्यात भएको छ ।  रकमका आधारमा भने ५५ प्रतिशतले यसको निर्यात बढेको छ । गत आवको उक्त अवधिमा २५ करोड ९५ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको थियो । यसपालि ४० करोड १५ लाख रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।  गत आव र चालू आवमा सुनको मूल्य फरक भएकाले रकम र परिमाणका आधारमा निर्यात वृद्धिदर फरकफरक देखिएको हो ।  विशेषगरी नेपालबाट गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । भन्सार विभागले यसका लागि एचएस कोड उपलब्ध गराएपछि गत आवदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । सुनका गरगहना निर्यात पछिल्लो समय बढ्दै गएको व्यवसायी बताउँछन् ।  तथ्यांकअनुसार नेपालबाट अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएको छ । तीन मुलुकमध्ये अमेरिकामा सबैभन्दा बढी निर्यात भएको छ । चालू आवमा त्यहाँ ३३ करोड ९ लाख रुपैयाँको सुनका गरगहना निर्यात भएको छ । यस्तै अस्ट्रेलियामा १ करोड ८८ लाख र हङकङमा ५ करोड १८ लाख रुपैयाँको गरगहना निर्यात भएको छ ।  यसअघि नेपालबाट आव २०७२/ ७३ मा चीनमा १५ लाख १६ हजार बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि अघिल्लो आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगन्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायी बताउँछन् । तर, गत आवको शुरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको व्यवसायी बताउँछन् ।  पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको छ । उनीहरूबाट नेपाली परम्परागत शैली र नेपाली डिजाइनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारी बताउँछन् । उनीहरूले विदेशमा नबन्ने गरगहना माग गर्ने गरेका छन् । विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहना यहाँबाट निर्यात हुने गरेको छ । कतिपय व्यवसायीले विदेशमा रहेका व्यवसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहना निर्यात गर्दै आएका छन् ।  पछिल्लो समय नेपालको व्यापारघाटा बढ्दो क्रममा छ । त्यो अवस्थामा आयात घटाउँदै जानुका साथै निर्यात बढाउनुपर्ने बाध्यता पनि छ । यो अवस्थामा सुनका गरगहनाको निर्यात बढ्दै जानुलाई सकारात्मक रूपमा लिइएको छ । यसलाई थप प्रवर्द्धन गर्न सके व्यापारघाटा न्यूनीकरण गर्न समेत सहयोग पुग्ने व्यवसायी बताउँछन् ।

खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो, ‘कालोबजारी’ रोक्न माग

काठमाडौँ – पछिल्लो एक सातामा खानेतेलको मूल्य ह्वात्तै बढेको छ। विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको छ। गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन्। नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको […]

अर्थोडक्स चियाको निर्यात लागत तेब्बर बढ्यो

झापा-कोभिड–१९ भाइरसको महामारीका कारण अर्थोडक्स चियाको निर्यात लागत तीन गुणाले बढेको छ । महामारीयता विदेशी ढुवानी कम्पनीले अस्वाभाविक रूपमा मूल्य बढाउँदा निर्यात लागत तेब्बरले बढेको हो ।झापाको नेचर हिमालय चिया उद्योगका अध्यक्ष डा. एकनारायण चापागाईंका अनुसार महामारीअघि १५ हजार किलो चिया रसिया निर्यात गर्दा पाँच हजार डलर खर्च हुन्थ्यो । “अहिले सोही परिमाणको चिया निर्यातमा […]

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात

२७ भदौ, काठमाडौं । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले […]

पूर्वी नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणाले बढ्यो

साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ ।  क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रू. एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा रू. पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रू. दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।  कोभिड–१९ को संक्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तरराष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ । पूर्वी नाका हुँदै भारत र बंगलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तलुनामा बढी निर्यात भएको जानकारी दिए । रासस

भटमासको तेल निर्यात चार गुणा बढ्यो, मूल्य कति छ ?

नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल