रेणुको मतअन्तर जम्मा ४, देवीको अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरमा माओवादी–काँग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले मतान्तर निकै कम गरेकी छन् । उनले एमालेले उम्मेदवार देवी ज्ञवालीसँग मत अन्तर ४ को मात्रै परक राखेकी छन् ।

सम्बन्धित सामग्री

रुपन्देही –३ मा गृहमन्त्री खाँणको अग्रता कायमै

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ । जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका […]

रुकुमपश्चिममा जनार्दनको अग्रता कायमै

काठमाडाैं । रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात सय ३३ मत ल्याउनुभएको छ । नेकपा (एमाले)का नन्दराम देवकोटाले चार हजार छ सय ३२ मतसहित शर्मालाई पछ्याइरहनुभएको छ । उहाँहरु बीचको मतान्तर आठ हजार एक सय […]

धनुषा-४ मा एमालेका महासेठको अग्रता कायमै, कांग्रेसका यादव पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा-४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्रको जनकपुर वडा नम्बर १३ को गणना पूरा हुँद्या महासेठले २४०५ मत ल्याएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवले ८८० मत प्राप्त गरेका छन् । उक्त वडामा जम्मा २०५ मत खसेको थियो ।

दाङ-३ : दीपकको अग्रता कायमै, ५३१ मतले पछि परिन् कोमल

दाङ : दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीको अग्रता कायमै रहेको छ।  ८ हजार ५ सय १४ मत गन्दा गिरीले ३४ सय ६० मत पाएका छन्। दोस्रो स्थानमा नेकपा एमालेकी उम्मेदवार कोमल वली छन्।उनले २९ सय २९ मत ल्याएर पछ्याउँदै छिन्। वलीभन्दा गिरी पाँच सय ३१ मतले अगाडि छन्। उक्त क्षेत्रमा जम्मा ९० हजार एक सय ५० मत खसेको छ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै, सागर पछिपछि

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।२ हजार ९५६ मत गन्दा देउवाले १ हजार ४०४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले ७३० पाएका छन्।नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत ल्याएका छन्।प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको हो।

काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ ।  अहिलेसम्म थापाले ४०४४ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।

काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ । राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको ...

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जम्मा २९५३ मत गणना हुँदा हमालले १३८६ मत प्राप्त गरेका हुन् । हमाल र नेपाली काँग्रेसका नृपबहादुर वडबीचको मतान्तर ५७९ रहेको छ । यसैगरी काँग्रेसका वडले ८०७ मत प्राप्त गरेका छन् । धनगढीमा नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ३८४ र स्वतन्त्र उम्मेदवारले ३४० मत प्राप्त

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता जारी राखेका छन् । आइतबार बिहान प्राप्त मतपरिणाम अनुसार जम्मा १९५३ मत गणना हुँदा हमालले ९०९ मत प्राप्त गरेका छन्।यसैगरी कांग्रेसका नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन्। हमाल र वडबीच ३५७ मतको अन्तर छ। धनगढीमा एमालेका रणबहादुर चन्दले ८३ मत प्राप्त गरेका छन्।उपमेयरतर्फ माओवादी केन्द्रकी शान्ति अधिकारीले ४५८ मत प्राप्त गरेकी छन्। एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवारले ३११ मत प्राप्त गरेकी छन्।