काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ ।  अहिलेसम्म थापाले ४०४४ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।

सम्बन्धित सामग्री

काठमाण्डौ क्षेत्र नम्बर ४ मा गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि

काठमाण्डौ - काठमाण्डौको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार  कांग्रेसका उम्मेदवार गगन थापा साढे ५ हजारभन्दा धेरै मतले अगाडि हुनुहुन्छ । थापाले १७ हजार ५ सय  १६ मत ल्याउँदा एमालेका राजन भट्टराईले ११ हजार ९ सय ९८ मत पाउनु भएको छ । यस्तै, राप्रपाका ठाकुर मोहन श्रेष्ठले १ हजार ७ सय ८४ मत पाउनु भएको छ ।

मतान्तर बढाउँदै पूर्व स्वास्थ्यमन्त्री गगन थापा, भट्टराईभन्दा १२३६ मतले अगाडि

काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन्।

कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा गगन थापा ५३४ मतले अगाडी

पछि पछि विश्वप्रकाश काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म दुई हजार २० मत गणना भएको छ । प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले एक हजार ३८५ मत प्राप्त […] The post कांग्रेस महामन्त्री मतगणनाः दुई हजार २० गन्दा गगन थापा ५३४ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् । २ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण […]

कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, ९०० मत गन्दा ५५९ ल्याए

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ९०० मतगणना सकिएको छ । गगनकुमार थापाले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका उनको ३५७ मत आएको छ । पछिल्लो नतिजा यसप्रकार छ । गगन थापा – 559 प्रकाश् सरण महत […]

महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार दिएका गगन थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्।...

मतान्तर घटाउँदै गगन थापा

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेद्वार गगन थापाले मतान्तर घटाउँदै लगेका छन्। सुरूवातदेखि अग्रता लिएका वाम गठबन्धनका राजन भट्टराईले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार भट्टराईले १५१२ मत ल्याउँदा थापाले १४०३ मत ल्याएका छन्।