सिन्धुलीमा बनेको छुर्पि अमेरिका निर्यात हुन थालेको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका ५ मा रहेको हिलटप कृषिफार्म प्रा.लीले उत्पादन गर्न थालेको छुर्पिको अमेरिका निर्यात हुन थालेको छ।
वार्षिक आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो ।
इलाम– इलाममा उत्पादित दूधजन्य पदार्थ अमेरिकामा निर्यात हुन थालेको छ । दूधबाट निर्माण हुने छुर्पी कुकुरको आहाराको लागि (डग च्यू) अमेरिकालगायतका देशमा निर्यात हुने गरेको भए पनि पछिल्लो समय ललिपप र बम्बैसनसमेत अमेरिका जान थालेको छ । इलामेली ललिपप उद्योगबाट पछिल्लो समय दूधको कुराउनीबाट निर्माण भएको मिठाइ अमेरिका जान थालेको सञ्चालक शुष्मा राईले जानकारी दिइन् […]
१० भदौ, गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका […]
सिन्धुलीमा बनेको छुर्पि अमेरिका निर्यात हुन थालेको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका ५ मा रहेको हिलटप कृषिफार्म प्रा.लीले उत्पादन गर्न थालेको छुर्पिको अमेरिका निर्यात हुन थालेको छ।
काठमाडौं, १५ पुष । क्रियसन क्राफ्टले यस वर्ष दश करोडको हस्तकला सामग्री अमेरिका निर्यात गरेको छ । कम्पनी सञ्चालनमा आएको तीन वर्षमा नै उत्कृष्ट कारोबार गरी यस वर्ष हस्तकला संघबाट पुरस्कारसमेत पाएको छ । सिसाबाट बनेका हस्तकलाका सामाग्रीहरु विशेषगरी सजावटका लागि प्रयोग हुने कम्पनी सञ्चालक अन्जता पाण्डेले बताइन् । हस्तकलाका सामग्री बनाउन चाहिने कच्चा पदार्थ […]
ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री गर्दै आएको पैंचो पसल प्रालिद्वारा उत्पादित ‘पैंचो उत्पादन’ अब अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ ।पैंचोले आफ्ना उत्पादनलाई विश्वभर रहेका नेपालीमाझ पुर्याउने उद्देश्यले अमेरिकामा औपचारिक रूपमा निर्यात सुरुवात गरेको हो । यसअघि परीक्षणका रूपमा सामान निर्यात हुँदै आएकोमा अबदेखि औपचारिक रूपमै अमेरिका पैंचोका उत्पादन निर्यात गर्ने सहमति […]
१० भदौ, काठमाडौं । ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको पैंचो पसलले उत्पादन गरेका कृषि वस्तुहरु अब अमेरिकामा पनि निर्यात हुने भएको छ । शुक्रबार न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिसँग सम्झौता गरेको हो । सम्झौतासँगै जाम, केचप, सस, टोमेटो प्यूरी, भेनेगर, फापरको पिठो, कोदोको पिठो, सिन्की, […]
काठमाडौं । पैंचो पसल प्रालीद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पैंचो पसल प्राली र अमेरिकामा कार्यालय रहेको फेन्सी हाउस इन्कसँग पैंचोले उत्पादन गरेका वस्तु अमेरिका निर्यात गर्ने सम्झौता भएको हो । पैंचो र फेन्सी कम्पनीबीच सम्झौता भएसँगै अब नेपालको ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई प्रशोधन […]
११ फागुन, काठमाडौं । हेटौंडाका सृजन कोइरालाले आफ्नै डेरीमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात थालेको पाँच वर्ष बित्यो । २०७३ साल मंसिरमा उनले पहिलो पटक २ हजार किलो छुर्पी अमेरिकामा बिक्रीका लागि पठाएका थिए । हेटौंडामा उत्पादन भएको छुर्पी कुकुरको आहाराको रुपमा निर्यातकर्ता मार्फत अमेरिका पठाइएको र त्यो निकै रुचाइए पछि वर्षेनी निर्यात सुरु भएको […]
पाल्पा । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए ।
अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौंमा संकलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ छ । पाल्पा पछिल्लो वर्ष दूध र मासुमा आत्मनिर्भर बनेको छ ।
जिल्लामा उत्पादित भैंसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् । तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले उत्पादित दूधले उचित मूल्य नपाएपछि इलाम गएर छुर्पी उत्पादन गर्न सिकेका थिए ।
स्थानीयस्तरमा उत्पादित गाईको दूध खपत गर्न कृषक खरालले २०७६ सालदेखि तानसेन नगरपालिका–७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चीज तथा छुर्पी उत्पादन गरिँदै आएको छ ।
उत्पादित दूध सहजरूपमा खपत गर्न जिल्लाका अन्य स्थानमा पनि छुर्पी उत्पादन हुन थालेको छ । ‘छुर्पी खाऊँ, सुर्ती हटाऊँ’ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गरेको छ ।
दूधको विविधीकरण गर्न थप जनशक्ति आवश्यक पर्ने भएकाले छुर्पी उद्योगमा २० युवाले रोजगारी पाएका छन् । दूधको नयाँ–नयाँ परिकार उत्पादनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको छ । जिल्लाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्वित भएका छन् । रासस