काठमाडौं । टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरीदमा स्क्य्राच कुपनमार्फत नगद रू. १ लाखसम्म जित्न सकिने बताइएको छ । योजनामा रू. ८ हजारसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल पाइने कम्पनीले जानकारी दिएको छ । साथै २ वर्षसम्मको फ्री सर्भिसिङ अथवा रू. १० हजारसम्मको अतिरिक्त स्क्य्राच कुपन वा रू. १२ हजार ५०० सम्मको ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक स्किम रोज्न सकिने कम्पनीको भनाइ छ । यो उपहार योजनाले ग्राहकमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीको छ । होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको समेत जानकारी दिएको छ ।