काठमाडौँ। हङकङमा विवादास्पद नयाँ सुरक्षा कानुन अन्तर्गत पहिलो व्यक्तिलाई सजाय दिइएको छ। सो कानुन अन्तर्गत हङकङका बासिन्दा टोङ्ग यिङ्ग–किटलाई ९ वर्ष जेल सजाय सुनाइएको हो। उनले विरोध प्रदर्शनका क्रममा ‘हङकङलाई स्वतन्त्र गर, यो हाम्रो समयको क्रान्ति हो’ नारा लेखिएको झन्डा बोकेर प्रहरीको अघि मोटरसाइकल चलाएका थिए। सोही झन्डा बोकेकोमा पृथकतावादलाई समर्थन गरेको ठहर गरी उनलाई सजाय दिइएको हो।