म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो । नयाँ आरोपबारे निर्णय आएको छैन ।फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो । फेनस्टरज