इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ ।
तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौनको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो ।
आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्य...