नवउद्यमी महिलालाई विना धितो ऋण सहयोग

पाल्पाको तानसेन नगरपालिकाले नयाँ उद्यम गर्न चाहने महिलालाई विना धितो ऋण सहयोग दिने भएको छ । नगरपालिका भित्रका महिलालाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराइने छ ।  नगरपालिकाले मुक्तिनाथ विकास बैंक पाल्पा शाखासँग सम्झौता गरेको छ । बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिलालाई ऋण सहयोग उपलब्ध हुनेछ । आयआर्जन लिने गरी केही व्यवसाय गर्ने सोच बनाएका महिलालाई ऋण सहयोग गराउने कार्यक्रम ल्याएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।  बैंकले नगरपालिकाका सिफारिसमा ४ दशमलव ६...