काठमाण्डाै - काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसो पछि भने हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार आज राति काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन सक्रिय नै रहेकाले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो।
आज दिउँसाे वाग्मती प्रदेश, प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै, राति लुम्बिनीसहित वाग्मती प्रदेश र १ न...