अमेरिका र मेक्सिकोका राष्ट्रपति बीच अवैध आप्रवासन रोक्नेबारे छलफल

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर बीच शुक्रबार छलफल भएको छ । सो छलफलमा दुई राष्ट्रपति बीच संयुक्त राज्य अमेरिकामा अवैध फेन्टानिल तस्करीको नियन्त्रण गर्न र दुई देशको बीचको सीमामा उत्तरतर्फ जाने आप्रवासीहरूको बढ्दो संख्यालाई व्यवस्थित गर्न एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली सहित हजारौं आप्रवासीहरू अवैध बाटो हुँदै मेक्सिको पुग्ने र अमेरिका प्रवेश गर्दै आएका छन् ।  "मेक्सिको र संयुक्त राज्य अमेरिका सँगै उभिएर सँगै काम गरेमा मेरो विचारमा कुनै पनि कुरा हाम्रो पहुँचभन्दा बाहिर छैन,"  अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन् । बाइडेनको लोपेज ओब्राडोरसँगको सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण  बन्ने गरेको छ । केही हदसम्म फेन्टानिल उत्पादन र पत्रकारहरूको हत्या जस्ता विषयहरूमा बाइडेनले मेक्सिकोको आलोचना गरेका छन् । अमेरिकाले क्युबा, निकारागुआ वा भेनेजुएलालाई निमन्त्रणा नगरेको हुनाले मेक्सिकोका राष्ट्रपतिले लस एन्जलस शिखर सम्मेलनमा सहभागिता जनाएका छैनन् । सम्मेलनमा आप्रवासनका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको थियो। ऐजेन्सी

सम्बन्धित सामग्री

बाइडेनको एसाइलम प्रतिबन्धपछि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घट्यो

अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्ध लागु भएपछि अमेरिका मेक्सिको सीमामा आप्रवासीको गिरफ्तारी घटेको छ । गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीको संख्या शुक्रबार घटेको जनाइएके छ । यसले नयाँ बाइडेन प्रशासनको नयाँ नीतिले केही अवैध आप्रवासनलाई रोकिरहेको संकेत गरेको छ। शुक्रबार अमेरिकी सीमा गस्तीले अवैध रूपमा सिमा पार गर्ने लगभग ३१ सय […]

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ । अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्य...

ट्रम्पको घोषणा : सत्तामा आए इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने

वासिङ्टन– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् । उनले भने, ‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ, लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्।’ उनका अनुसार गत अक्टोबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म अमेरिका–मेक्सिको सीमामा २२ […]

विना भिसा अमेरिका आउन चाहने मेक्सिकोमा रोकिएका आप्रवासीका लागि मोबाइल एप सुरु

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रोकिएकाहरुका लागि अनलाइन अप्वाइन्टमेन्ट लिन मिल्ने मोबाइल एप सीबीपी वान सुरु गरिएको घोषणा गरेको छ । राष्ट्रपति बाइडेनले गत साता घोषणा गरेका थप सीमा प्रवर्तन उपायहरूको एक भागको रूपमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कानुनी अध्यागमनका लागि मार्गहरू विस्तार गर्न, अवैध आप्रवासनलाई सीमित गर्न […]

बाइडेनको नयाँ अध्यागमन योजनाले अवैध सीमा पार गर्नेहरूलाई प्रतिबन्धित गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नयाँ अध्यागमन प्रतिबन्धहरू घोषणा गरेका छन् । जसमा मानिसहरूलाई अमेरिकामा एसाइलमको अवशर नदिइकनै शीघ्र देशनिकाला गर्ने कार्यक्रमहरूको विस्तार लगायत छन् । बाइडेन प्रशासनको नयाँ घोषणा अनुशार विना स्वीकृति सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने, अमेरिकामा रहने कुनै कानुनी आधार नभएका र जनस्वास्थ्य सम्बन्धि नियम टाइटल ४२ अन्तरगत हटाउन नसकिनेहरुलाई जुन […]

पुटिनको चेतावनीले अमेरिका भयभीत हुँदैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीले अमेरिका भयभीत नहुने बताएका छन्। रुसी राष्ट्रपति पुटिनले युक्रेनका चार क्षेत्र ‘अवैध’ रुपमा रुसमा गाभिएको घोषणा गर्ने क्रममा अमेरिकासहितका पश्चिमा देशमाथि खनिएका थिए । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिजझियालाई शुक्रबार पुटिनले रुसमा गाभिएको घोषणा गरेका थिए । त्यसको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका छन् । युक्रेनले […]

बाइडनले अमेरिकी सैनिकलाई गलत सीमामा खटाए : ट्रम्प

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार टेक्ससको कोनरोमा आयोजित सेभ अमेरिका आमसभामा बाइडन प्रशासनको दोहोलो काढेका छन् ।  युक्रेन सीमामा सम्पूर्ण ध्यान लगाएर बाइडनले मेक्सिकोसँग अमेरिकाको सीमालाई बेवास्ता गरेको आरोप उनले लगाए ।  कीर्तिमान संख्यामा अवैध आप्रवासीहरू मेक्सिको सीमामा आइपुगेको बताउँदै ट्रम्पले अमेरिकाको सुरक्षालाई जोखिममा पार्ने गरी मानिसहरूको अतिक्रमण भइरहेको बताए । बाइडनले अमेरिकी सीमा आत्मसमर्पण गरिसकेको र अमेरिका युद्धको मैदानमा हारे जस्तो गरी सारा संसार अमेरिकालाई कुल्चिन तयार भए...

योग्य मात्रै अमेरिका आउन्ःट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध घुसपैठ रोक्नका लागि देशको सीमालाई थप सुरक्षित बनाउने बताएका छन् ।