अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार टेक्ससको कोनरोमा आयोजित सेभ अमेरिका आमसभामा बाइडन प्रशासनको दोहोलो काढेका छन् ।
युक्रेन सीमामा सम्पूर्ण ध्यान लगाएर बाइडनले मेक्सिकोसँग अमेरिकाको सीमालाई बेवास्ता गरेको आरोप उनले लगाए ।
कीर्तिमान संख्यामा अवैध आप्रवासीहरू मेक्सिको सीमामा आइपुगेको बताउँदै ट्रम्पले अमेरिकाको सुरक्षालाई जोखिममा पार्ने गरी मानिसहरूको अतिक्रमण भइरहेको बताए । बाइडनले अमेरिकी सीमा आत्मसमर्पण गरिसकेको र अमेरिका युद्धको मैदानमा हारे जस्तो गरी सारा संसार अमेरिकालाई कुल्चिन तयार भए...