काठमाडौँ- विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।
...
काठमाडौँ- विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो ।
...
विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो । “एक पटकमा […]
काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध नलगाएका जुनसुकै सामान आयातका लागि बैंकहरूले प्रतितपत्र (एलसी) खोल्ने भएका छन् । सरकारले आयात गर्न नपाइने वस्तु तोकेपछि बाँकीको एलसी खोल्न सकिने नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए ।
‘सरकारले राजपत्रमा सूचना जारी गरेर १० किसिमका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ,’ उपाध्यायले भने, ‘राष्ट्र बैंकले पनि सोहीअनुसार सूचना जारी गरेपछि अन्य सामानको एलसी खोल्ने बाटो खुलेको छ ।’ बैंकहरूले आफ्नो तरलताको अवस्थाअनुसार एलसी खोल्न सक्ने उनले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना जारी गरी १० प्रकारका सामान आयात असारसम्मका लागि रोकेको छ । सोही सूचना राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई जारी गरेको हो । उच्च आयातका कारण शोधनान्तर घाटा उच्च र विदेशी विनिमय सञ्चिति घट्दै गएपछि चैत २१ गते राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)लाई बोलाएर विलासी सामान र गाडीको आयात एलसी नखोल्न निर्देशन दिएको थियो । त्यसपछि वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले समेत अत्यावश्यक बाहेकका सामानको आयात एलसी नखोल्ने अनौपचारिक निर्णय गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन र बैंकर्स संघमा भएको भद्र सहमतिअनुसार एलसी खोल्न छाडेका बैंकहरूले अब प्रतिबन्ध नलागेका सामानको आयात एलसी खोल्न सक्नेछन् ।
‘हिजो राष्ट्र बैंकको अपेक्षाअनुसार बैंकहरू जिम्मेवार भएर विलासी सामानको एलसी नखोल्ने सहमति गरिएको हो,’ अध्यक्ष उपाध्यायले भने, ‘अब सरकारले नै सामान तोकेपछि त्यसैअनुसार बैंकहरूले काम गर्न सक्छन् ।’ तर, राष्ट्र बैंकको निर्देशनलगत्तै केही बैंकहरूले गाडी आयातका लागि खोलेको एलसीका बारेमा भने केन्द्रीय बैंकको निर्देशनअनुसार हुने उपाध्यायले बताए ।
राष्ट्र बैंकले आयात निरुत्साहित गर्न मंसिरबाटै विभिन्न नीतिगत व्यवस्था लागू गर्दै आएको छ । मंसिर पहिलो साता चाँदी आयातका लागि विदेशी मुद्रा सटहीमा सीमा तोकेको केन्द्रीय बैंकले पुस पहिलो साता २० हार्मोनिक कोड अन्तर्गतका विलासी सामानको एलसी खोल्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । माघ तेस्रो साता थप २७ हार्मोनिक कोडअन्तर्गतका सामान नगद मार्जिनको नियम लगायो । फागुन तेस्रो साता सुनको कोटा आधा घटाएर १० किलोमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई गाडी लगायत विलासी वस्तु आयातको लागि प्रतीतपत्र (एलसी) नखोल्न अनौपचारिक निर्देशन दिएको छ । केन्द्रीय बैंकका अधिकारीहरूले सोमवार २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिति दिनदिनै घटेपछि राष्ट्र बैंकले यो कदम चालेको हो । राष्ट्र बैंकसँग अब ६ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा पनि नभएको बताइन्छ । एक वाणिज्य बैंकका सीईओले राष्ट्र बैंकले गाडी लगायत विलासी वस्तु आयातको एलसी नखोल्न अनौपचारिक निर्देशन दिएको बताए । ‘अब हामी केन्द्रीय बैंकको निर्देशनअनुसार गर्छौं,’ उनले भने ।
राष्ट्र बैंकले एलसी नै रोक भनेर औपचारिक निर्देशन दिन मिल्दैन । सोही कारण सीईओलाई बोलाएर अनौपचारिक निर्देशन दिएको हो । सोमवारको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ र विदेशी विनिमय विभाग प्रमुख रामु पौडेल र बैंकका सीईओहरु सहभागी थिए । परिस्थिति सहज हुँदै गएपछि एलसी खोल्न सकिने पनि केन्द्रीय बैंकका अधिकारीहरुले बताए । बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउन पनि भनिएको छ । राष्ट्र बैंकले दर्जनौं वस्तुको एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यसअघि नै गरेको छ ।
काठमाडौं, माघ १४। नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो । एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक […]
नेपाल राष्ट्र बैंकले प्रतीतपत्र ९एलसी० खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले पुस पहिलो साता चाँदीको आयात गर्न एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । परिणामस्वरूप यसको आयात ह्वात्तै घटेको हो ।
एलसी खोल्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था हुनुअघि मासिक २ अर्बभन्दा बढीको चाँदी आयात हुने गरेको थियो । तर, राष्ट्र बैंकको सो व्यवस्थापछि पुसमा ६ करोड २ लाखको मात्रा चाँदी आयात भएको छ । भन्सार विभागबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
विभागको तथ्यांक अनुसार मङ्सिरदेखि नै चाँदी आयातमा कमी आएको छ । गत मङ्सिरमा पनि २९ करोड रुपैयाँको मात्रा चाँदी आएको छ । त्यसभन्दा अघिल्ला महीनाहरू कात्तिकमा २ अर्ब ५ करोड, असोजमा ३ अर्ब ५१ करोड, भदौमा ४ अर्ब र साउनमा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आएको छ । समग्रमा चालू आवको ६ महीनामा १२ अर्ब ५७ करोडको चाँदी भित्रिएको तथ्यांक छ ।
पछिल्लो समय आयात बढी हुँदा नेपालसँग भएको विदेशी मुद्रा उच्च परिमाणमा बाहिरिने गरेको छ । तर, सोअनुसार विदेशी मुद्रा आर्जन हुन सकेको छैन । फलस्वरूप विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले चाँदी लगायत विलासिताका वस्तुको आयात गर्न एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
नेपालमा पछिल्लो समय चाँदीको आयात उच्च मात्रामा हुने गरेको थियो । चालू आवको पहिलो ३ महीनामै १० अर्बभन्दा बढीको चाँदी आयात भएको थियो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यसमा कडाइ गरेको थियो ।
एलसी खोल्दा मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण पर्याप्त मात्रामा चाँदी आयात गर्न नसकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । तत्कालीन अवस्थामा चाँदी आयातमा कडाइ गर्नु स्वागतयोग्य भए पनि यसलाई लामो समयसम्म लैजान नहुने उनको भनाइ छ ।
‘अहिले नेपालसँग भएको विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । त्यसअनुसार चाँदी आयातमा गरिएको कडाइ व्यावहारिक नै छ,’ उनले भने, ‘तर परिस्थिति सहज भएपछि यसलाई खुला गर्नुपर्छ ।’
चाँदी आयात घटेपछि बजारमा यसको अभाव पनि देखिन थालेको अध्यक्ष शाक्यले बताए । ‘चाँदीको आयात घटे पनि व्यवसायीसँग भएको चाँदीको मौज्दातले बजारको माग पूरा गरिरहेका थियौं । तर, अहिले व्यवसायीसँग भएको मौज्दात सकिएको छ,’ उनले भने, ‘पछिल्लो ४–५ दिनदेखि बजारमा चाँदीको अभाव देखिन थालेको छ । अब बजारको माग धान्न चुनौती हुने देखिन्छ ।’
अभाव नै भए पनि व्यवसायीले चाँदी लुकाउने भने नगरेको अध्यक्ष शाक्यको भनाइ छ । ‘अभाव भए पनि हामीले आफूसँग भएको चाँदी सहज रूपमा सप्लाई गर्दै आएका छौं । तर, सरकारले यो अवस्थालाई दृष्टिगत गर्दै चाँदी आयातमा सहजीकरण गर्नुपर्छ,’ उनले भने । बजारको माग धान्न चाँदी आयात गर्नैपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ ।
बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।
सोमवार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एसी खोल्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्...
राष्ट्रबैंकले वस्तु आयात गर्न आयातकर्ताले प्रतीतपत्र ‘एलसी’ खोल्दा अनिवार्यरूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि आवश्यक व्यवसायिक प्रमाणपत्रका आधारमा एलसी खोल्न सकिने व्यवस्था रहेकोमा अब नगद नै राख्नुपर्ने भएको हो ।