निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता

निर्माणको जिम्मा लिएका ठेकेदारले निर्धारित समयमा काम पूरा नगर्दा बाँके जिल्लाका विभिन्न स्थानमा निर्माण भइरहेका पाँचवटा पुल अधुरै अवस्थामा रहेका छन् । ती पुलको निर्माण पूरा नहुँदा एकातिर विकास निर्माणको काम रोकिएको छ भने अर्कातिर सो क्षेत्रका स्थानीयवासीलाई आवागमनमा समेत समस्या भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको छ ।

सम्बन्धित सामग्री

ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ

निर्माणाधीन नगरभवन अलपत्र छोडेर ठेकेदार बेपत्ता

साउन २१, बैतडी । शहिद दशरथचन्दको नामले निर्माण हुन लागेको दशरथचन्द नगरभवन बैतडीको काम अलपत्र परेको छ । काम सम्पन्न नगरेरै निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएको हो ।  ठेकेदारलाई धेरै पटक फोन गर्दा फोननै नउठाएको जिल्ला समन्वय समितिका प्रमुख सिद्ध राज भट्टले बताए । ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै सहयोग गर्दा पनि निर्माण कम्पनी ठेकेदारले कुनै प्रतिक्रिया नदिइ भवन निर्माणमा लापरवाही गरेर वेपत्ता भएको छ’ उनले भने । जिल्ला समन्वय समितसँग भएको पुरानो सभाहललाई भत्काएर त्यसै ठाउँमा कम्पनीले नयाँ साभाहल निर्माण गर्न लागको हो । समयमा हल निर्माण नगरिदिँदा अहिले समन्वय समितिले कार्यक्रम गर्नको लागि हल भाडामा लिनु परेको बताएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीसँग खाम्पाचे शेर्पा निर्माण सेवाले २ करोड २३ लाख १४ हजार ५७७ मा २०७६ अषाढमा भवन निर्माण सम्पन्न गर्ने गरि २०७४ पुसमा सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष हुँदा पनि कम्पनीले कुनै चासो नदेखाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।  देश संघियतामा गइसकेपछि शहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश अन्तर्गत र सघन शहरी तथा भवन निर्माण आयोजना विभाग केन्द्र सरकार मार्फत सञ्चालन भए । यो भवन निर्माणको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले लिएको थियो । सम्झौता अनुसार कम्पनीले निर्माण गरेको कामको मूल्यांकनको अधारमा भन्दा पनि थोरै भुक्तानी गरेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । ‘अहिले सम्म भवनको ३० प्रतिशत वित्तीय प्रगती र ६० प्रतिशत भौतिक प्रगती भएको छ’ उनले भने । अहिलेसम्म निर्माण भएको भवनको छत पनि गुणस्तरहिन रहेको छ । छतमा कमसल प्रकारको समान हालेको र त्यस छतलाई फेरी निर्माण गर्न लगाउने प्राविधिकहरु बताउँछन् ।  खाम्पाचेशेर्पा निर्माण सेवाले निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा दार्चुलाका धन बहादुर कुवरलाई दिएको थियो । निर्माण हुन लागेको साभाहल द्रष्ट सहितको सुविधा सम्पन्न दुइतले भवन हो ।  अहिले कार्यालयले खाम्पाचेशेर्पा निर्माण सेवालाई पत्र लेखेको आयोजना कार्यालयले बताएको छ । पत्र लेखेपछि निर्माण सेवाले भवनको अधुरो काम धन बहादुर मार्फत नभई आफैले पूरा गर्ने भनी सम्पर्कमा आएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले बताएको छ ।

ठेकेदार बेपत्ता, पुल निर्माण अन्योल

तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकालाई जोड्ने खोरुङ्वा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माणकार्य अलपत्र परेको छ । मध्यपहाड़ी लोकमार्गअन्तर्गत म्याङ्लुङ–संक्रान्ती सडक खण्डमा पर्ने यो खोलामा पुल नबन्दा वर्षा लागेपछि सवारी आवतजावत ठप्प हुने गरेको छ । एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर आह्वान गरी २०७३ सालमा कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो ।

सडक अलपत्र छाडी ठेकेदार बेपत्ता - Naya Patrika

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएका छन् । सडक निर्माण अलपत्र छाडी ठेकेदार सम्पर्कविहीन भएपछि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।   कांग्रेस झापा...पूरा पढ्नुहोस् »