तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकालाई जोड्ने खोरुङ्वा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माणकार्य अलपत्र परेको छ ।
मध्यपहाड़ी लोकमार्गअन्तर्गत म्याङ्लुङ–संक्रान्ती सडक खण्डमा पर्ने यो खोलामा पुल नबन्दा वर्षा लागेपछि सवारी आवतजावत ठप्प हुने गरेको छ । एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर आह्वान गरी २०७३ सालमा कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो ।