विश्वकप फुटबल : दुई युरोपियन प्रतिद्वन्द्वी फ्रान्स र डेनमार्क, कसले मार्ला बाजी ?

काठमाडौं :  विश्वकप फुटबलमा  युरोपियन बलिया दाबेदार फ्रान्स र डेनमार्क आज राति ९:४५ मा प्रतिस्पर्धा गर्दै छन्।  साबिक च्याम्पियन फ्रान्स र डेनमार्क दुवै आफ्नो दोस्रो खेलमा तीन अंकका लागि मैदानमा हुने छन्। फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई सहज रुपमा पराजित गरेकाले आत्मविश्वासी हुँदा डेनमार्क भने पहिलो जितको प्रतीक्षामा रहेको छ।युरोपियन च्याम्पियनसिपमा दबदबा बनाएको डेनमार्क फ्रान्सको जित यात्रामा ब्रेक लगाउँदै अघि बढ्न चाहन्छ। ट्युनिसियासँग गोल रहित बराबरीमा रोकिएक

सम्बन्धित सामग्री

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो । समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।  त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघ

विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पो

फिफा विश्वकप फुटबल : आज पनि चार खेल

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ।ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्।  फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ।यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो। गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए।

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

विश्वकप फुटबल: लयमा रहेको क्रोएसिया र गतिशील डेनमार्क

विश्वकपमा क्रोएसिया लयमा रहेको टोली हो । समूह चरणमा अर्जेन्टिनालाई ३–० गोलले हराएर सनसनी मच्चाएको क्रोएसिया समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो र उसले क्वार्टरफाइनल प्रवेशका लागि आज तुलनात्मक रुपमा कमजोर मानिएको डेनमार्कसँग निज्नी नोभगोरोड रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।  फ्रान्स रहेको समूह सीबाट उपविजेता ...