अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० शिखरबार्नीमा बनिरहेकाे अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम सुरु भएको छ । पहिलो चरणको विमानस्थल निर्माणको काम सकिएको झन्डै एक वर्षपछि दोस्रो चरणको निर्माणको काम आज (सोमवार) देखि सुरु भएकाे छ । सन्धिखर्क १० का वडाध्यक्ष लक्ष्मीनारायण चुँदालीसहित वडाका सरोकारवालाको उपस्थितिमा काम सुरु गर्न थालिएको हो ।
दोस्रो चरणको निर्माण कार्यका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्श जेभीले तीन करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको छ । ज...