खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् ।हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका