महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवंगत नेता गोपाल गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । काठमाडौंको ह्याम्स अस्पताल प्रांगणमा महामन्त्री सिंहले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । त्यसक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, पूर्व सचिव कृष्ण अधिकारी, अखिल (छैठौं) का अध्यक्ष विमल पाखरेल, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व महासचिव रामबहादुर बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका महासचिव भरतमणि भण्डारी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्री, जापान नेपार्ली एकता समाजका तुफान केसीलगायतका नेताहरुले गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नवलपरासीको गैँडाकोट निवासी उहाँको शव अन्तिम संस्कारका लागि काठमाडौँबाट बिहान ११ बजे नारायणघाट लगिएको छ । यो पनि :  बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाद्वारा राष्ट्र बैंकका पहिलो गर्भनर राणाप्रति श्रद्धाञ्जली

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् । यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशमशेर राणालगायतले राणाप्रति श्रद्धाञ्जली अर्पण गरेका […]

तरुण दलका संस्थापक महामन्त्री चित्रकारको निधन

२९ मंसिर, काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको उल्लेख गर्दै उनले लोकतन्त्र स्थापनाको आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहने बताएका छन् ।

चित्रकारलाई श्रद्धाञ्जली दिन पशुपति पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तरुणदलका पूर्व महामन्त्री कमल चित्रकारलाई पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन्। मंगलबार निधन भएका चित्रकारलाई श्रद्धाञ्जली दिनको लागि देउवा बिहीबार पशुपति आर्यघाट पुगेका हुन्।

नेता चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन देउवा पुगे पशुपति

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका पुराना नेता कमल चित्रकारलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन्। तरुणदलका पूर्व महामन्त्री चित्रकारको हिजो निधन भएको थियो। देउवाले उनको पार्थिव शरिरमा कांक्रेसको झण्डा ओढाएर सम्मान गरे। बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए। पछि बीपीसँगै पक्राउ परेर छुटेपछि उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए।विद्यार्थी आन्दोलनमार्फत निरंकुशताविरुद्ध उभिएका

प्रदीप गिरिको अन्तिम बिदाइ, तस्वीरहरू

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।प्रखर समाजवादी चिन्तक नेता गिरीको ७५ वर्षको उमेरमा गएराति साढे नौ बजे ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।यसअघि गिरिको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको थियो। सानेपामा उनलाई सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए।त्यसक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्

सानेपामा स्व. गिरीप्रति श्रद्धाञ्जली

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन …

प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली अर्पण (तस्वीरहरु)

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गर्नुभएको हो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन […]

प्रधानमन्त्री देउवाद्वारा पार्टीको झण्डा ओढाएर गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन् । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन […]

राणाको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजदूत रुक़्मशमशेर राणाको निधनप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार बिहान राणा निवास बत्तीसपुतली पुगेर प्रधानमन्त्री देउवाले उनीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।दिवंगत राणाप्रति कांग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतले श्रद्धाञ्जली दिएका छन् । राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका कान्छा छोरा हुन् ।