नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् ।
सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् ।
सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।
सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा द...