नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेल आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।
जबरा रहेसम्म न्यायालयमा सुधार हुन नसक्ने भएकाले राजीनामा नै मुख्य शर्त रहेको श्रेष्ठले बताए ।
प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै बारले आयोजना गरेको धर्नाअघि कानून व्यवसायीहरूलाई बार परिसरबाट सम्बोधन गर्दै श्रेष्ठले न्यायपालिकाको माया भए राजीनामा गर्न ढिला नगर्न आग्रह गरे ।
‘हाम्रो दबाबका कारण गठन गरिएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगर्ने ब...