काठमाण्डाै – पालिकामा सुशासनको अवस्थामा सुधार गर्नुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले जोड दिएका छन् । सामुदायिक सारथी र एसिया फाउन्डेशनले आज साेमवार काठमाण्डाैम गरेको 'स्थानीय तहका समस्या र सार्वजनिक लेखा समितिको सम्बन्ध' विषयक अन्तरक्रियाका सहभागीहरूले सुशासन प्रवर्द्धन पालिकाकाे पहिलो प्राथमिकता हुनुपर्ने भए पनि विभिन्न समस्याले गर्दा सोचेजस्तो अवस्था हुन नसकेको बताएका हुन् ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा विकास समितिका सदस्य यज्ञराज सुनुवारले दण्ड र पुरस्कारको व्यवस्था नहुँदा जनप्रतिधिहरू मनलाग्दी रूपमा प्...