छिमेकी राष्ट्र भारतसहित विभिन्न देशमा कोरोना संक्रमणको तेस्रो लहर देखिएसँगै नेपालमा पनि दैनिक संक्रमित संख्या उच्च रुपमा वृद्धि हुँदै गएको छ । नेपाल सरकारले कोरोना रोकथामका लागि स्मार्ट लकडाउनदेखि खोप लगाउनेसम्मका विभिन्न काम गर्दै आएको छ । खासगरी खुला सीमाना भएकाले भारतबाट आउनेहरुलाई एन्टिजेन परीक्षण गरेरमात्र नेपाल भित्रिन दिने गरी नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ ।लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अवस्था, विद्यमान चुनौती र संक्रमण रोकथामका लागि प्रदेश सरकारले निर्वाह गरिरहेको भूम