स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयस