बैतडी– लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् । पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला-बेलामा अवरुद्ध […]