दैलेख – लगातार चार दिनदेखिको वर्षाले दैलेखमा जनजीवन प्रभावित भएको छ । दैलेख हुँदै आवागमन जोड्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरोले सडक पुरिएका कारण लामो यात्रामा हिँडेका यात्रु अलमलमा परेका छन् । यस्तै दैलेख सदरमुकामबाट ग्रामीण क्षेत्र पुग्ने सडक र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग जोडिएको सडकमा पनि पहिरोले अवराेध गरेपछि यात्रु बिचल्लीमा परेका छन् ।
वर्षाकै कारण बिजुली आपूर्तिमा समेत अवराेध हुँदा विकल्पमा सोलार प्यानल चार्ज हुन नसकेपछि नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएक...