२५ साउन, रसुवा । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । […]