सत्तारुढ गठबन्धनभित्र आसन्न चुनावी तालमेलबारे एकअर्कालाई गराउने उद्देश्यका साथ राजनीति चलिरहेको छ । चुनावी तालमेलका विषयमा सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसको एउटा तप्का र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेत एकअर्कालाई गराउने गरी रणनैतिक रुपमा राजनीतिमा उत्रिएका हुन् ।काँग्रेसको शेखर कोइराला समूह सत्ता गठबन्धनलाई चुनावमा डोर्याउन नहुने पक्षमा उभिएको छ । यता प्रमुख सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले काँग्रेससहितको गठबन्धनका साथ चुनावमा जाने रुचि देखाएको अवस्था छ ।