ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर ४ का चन्द्रमान खोयाहाङ लिम्बुले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए । निर्वाचनमा भाग लिएपछि चुनाव खर्च विवरण नबुझाएका कारण उनी १ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् । उनले आयोगलाई निर्वाचन खर्च बुझाउनुपर्छ भन्ने कुरा नै थाहा नभएको बताए । पछि पनि आयोगले स्पष्टीकरण सोधेको कुरा पनि उनले थाहा पाएनन् । तर अहिले जरिवानामा परेको थाहा पाएपछि उनी चकित भए । उनले भने–‘म त सामान्य किसान