सोलुखुम्बु - सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका छन् ।
गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावका ५ दशमलव ७ प्रतिशत अर्थात ४७ जना उम्मेदवार तथा निर्वाचितहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको माप्यदूधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्च विवरण पेस गरेको कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
...