सिद्धार्थ व्यवस्थित लगानी योजनाको कारोबार आजदेखि सञ्चालनमा

कात्तिक ७, काठमाडौं । सिद्धार्थ म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको आइतवारदेखि कारोबार शुरु भएको छ । कारोबार सञ्चालनमा आएसँगै सिद्धार्थ व्यवस्थित लगानी योजना नामक खुलामुखी इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौरबाट खरीदविक्री गर्न सकिने छ । योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेको छ ।  

सम्बन्धित सामग्री

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को बिक्री आजदेखि

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाई आइतबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला हुनु भएको छ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो छैठाैं सामुहिक लगानी कोष योजना हो । प्रति इकाइ १० रुपैयाा अंकित यस योजनाको आकार एक अर्ब २० करोड रहेको छ । सिद्धार्थ बैंकले न्यूनतम एक […]

कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज अर्थात् बिहीवारदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन तथा विक्री खुला गरेको छ । उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्री गरिने छ । साथै योजनाले १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजना खुलामुखि योजना हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती  पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। म्युचुअल फण्ड निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आस्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्। कुमारी क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँगको अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् । यो पनि पढ्नुहोस्।

आजदेखि प्रभु स्मार्ट फण्डको बिक्री, १० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने

प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्कासन तथा बिक्री खुला बिहीबारदेखि सुरु भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना […]

सनराइज फोकस्ड इक्विटी फण्डको इकाई आजदेखि विक्रीमा

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आजदेखि सनराइज फोकस्ड इक्विटी फण्डको इकाई विक्री खुला गर्ने भएको छ । क्यापिटलले यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कूल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याउन लागिएको हो ।  यो इकाई छिटोमा माघ १३ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ २४ गतेसम्म विक्री अवधि तय गरिएको छ । इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।  १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ छ । यस योजनाको विक्री हुनुपर्ने न्यूनतम इकाई ६ करोड रहेको छ । न्यूनतम विक्री हुनुपर्ने इकाई विक्री नभएमा उक्त योजना खारेज गरी १५ दिनेभित्र निवेदनको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकको भनाई छ ।  यस योजनाको इकाई विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।  यस योजनाको इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रवर्द्धकलाई केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यी रेटिङ्गले कम कर्जा जोखिम रहेको र वित्तीय दायित्व वहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

खुलामुखी शुभलक्ष्मी कोष इकाइको सार्वजनिक निष्कासन आजबाट

१९ साउन, काठमाडौं । कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गतका खुलामुखी शुभलक्ष्मी कोष इकाइ बिक्री खुला भएको छ । शुभलक्ष्मी कोष नामक सामूहिक लगानी योजनाको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ५० करोड रुपैयाँ बराबरको कोषको निष्कासन बिक्री बिहिबारबाट खुलेको हो । म्युचुअल फण्डको प्रति इकाइ मूल्य १० रुपैयाँका दरले […]

कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा

जेठ १२, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा आएको छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा बिहीवार कार्यालय अवधिपश्चात् छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो समयसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।

आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं, वैशाख ६ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]

रोकियो कञ्चनपुर-कमला सडक निर्माण

मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ । चाइना रेल्वे इञ्जिनियरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै कार्यरत मजदुरहरू कामकाज छाडेर आन्दोलनमा उत्रिएका हुन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माण भइरहेको चार लेन सडक योजनाको निर्माण ठप्प गरिएको छ । मजदुरहरूको ज्याला वृद्धि गर्नुपर्ने, स्वास्थ्योपचारका व्यवस्था मिलाउनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुने औजार–उपकरण उपलब्ध गराउनुपर्ने, बास स्थानको उचित व्यवस्था गर्

आजदेखि मतपत्रको छपाइ सुरु

काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमुना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् । प्रवक्ता पौडेलले गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको […]

प्रतिकित्ता १० रुपैयाँ पर्ने प्रभु सेलेक्ट फण्डको बिक्री खुला

काठमाडौं। आजदेखि प्रभु क्यापिटल सामूहिक लगानी कोषको ‘प्रभु सेलेक्ट फण्ड’ बिक्री खुला भएको छ। प्रतिकित्ता १० रुपैयाँ पर्ने एक अर्ब बराबरको १० करोड कित्ता सेयर जारी गरेको हो। यस योजनाको प्रवर्द्धक प्रभु बैंकले १ करोड ४० लाख कित्ता र प्रभु क्यापिटलले १० लाख कित्तामा लगानी गर्नेछ। बाँकी ८ करोड ५० लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन्।