आजदेखि प्रभु स्मार्ट फण्डको बिक्री, १० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने

प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्कासन तथा बिक्री खुला बिहीबारदेखि सुरु भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो । यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना […]

सम्बन्धित सामग्री

प्रभु म्युचुअलका दुवै फण्डको न्याभ घट्यो

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ भदौको तुलनामा असोजमा घटेको छ ।  प्रभु स्मार्ट फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ४५ पैसा रहेकोमा असोज मसान्तमा १० रुपैयाँ १७ पैसामा झरेको छ । त्यस्तै प्रभु सेलेक्ट फण्डको न्याभ भदौ मसान्तमा १० रुपैयाँ ८२ पैसा रहेकोमा असोज मसान्तमा ९ रुपैयाँ ६५ पैसामा सीमित भएको छ । यस फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ । भदौ मसान्तमा फण्डले रू. २ करोड २४ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ४ करोड ९१ लाख पुगेको छ ।   असोजमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७३ करोड ४९ लाख लगानी गरेको छ ।  प्रभु स्मार्ट फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५१ करोड ३९ लाख लगानी गरेको छ । यस फण्ड असोज मसान्तमा रू. ३ करोड ५७ लाख नोक्सानीमा छ । भदौ मसान्तमा फण्ड रू. ७६ लाख १५ हजार नोक्सानीमा थियो ।

प्रभु म्युचुअलका दुवै फण्डको नाफा बढ्यो

काठमाडौं । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा वृद्धि भएको छ । प्रभु सेलेक्ट फण्डले जेठ मसान्तसम्ममा रू. ११ करोड १६ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. १४ करोड ७० लाख पुगेको छ । त्यस्तै प्रभु स्मार्ट फण्डले जेठ मसान्तमा रू. ४ करोड २६ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ५ करोड ३० लाख पुगेको छ । असारमा यी दुवै फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।  नाफासँगै न्याभ पनि वृद्धि भएको छ । प्रभु सेलेक्ट फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ७१ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ पुगेको छ । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६८ करोड २५ लाख लगानी गरेको छ । त्यस्तै प्रभु स्मार्ट फण्डले असार मसान्तसम्ममा रू. ५ करोड ३० लाख नाफा कमाएको छ । जेठ मसान्तमा यस फण्डले रू. ४ करोड २६ लाख नाफा कमाएको थियो । यस फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ३९ करोड ४ लाखभन्दा बढी लगानी गरेको छ ।  प्रभु स्मार्ट फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला प्रभु सेलेक्ट फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १.३२ गुणा बढी आवेदन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ देखि २८ गतेसम्म विक्री गरेको प्रभु स्मार्ट फण्डको इकाई खरीदका लागि मागभन्दा १ दशमलव ३२ गुणा बढी आवेदन परेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले अन्तिम दिनसम्म संस्थाहरूसहित सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाई खरीदको लागि आवेदन परेको जानकारी दिएको हो । योजना सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई विक्री खुला गरिएको थियो ।  कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो ।  क्यापिटलले रू. ८० करोड रकम बराबरको ‘प्रभु स्मार्ट फण्ड’ नामक योजना सञ्चालनका लागि इकाई निष्कासन गरे पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्थाअनुसार रू. १ अर्ब बराबरको इकाई बाँडफाँट गर्ने बताएको छ । निर्देशिकामा भएको व्यवस्थाबमोजिम निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको २५ प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिन्छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यो योजना परिपक्व भएपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानूनबमोजिम इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

प्रभु स्मार्ट फण्ड बिक्रीमा, १० वर्षमा २५५ प्रतिशत लाभांश दिने लक्ष्य

प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तर्गत प्रभु स्मार्ट फण्डको इकाइ बिक्रीमा आएको छ । बिहीबारदेखि शुरु भएको उक्त इकाइ खरिदका लागि इच्छुक लगानीकर्ताले आगामी २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

१४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा

पुस २९, काठमाडौं । धितोपत्रमा लगानी गरी नाफा कमाउने उद्देश्यसहित थप १४ ओटा सामूहिक लगानी कोष योजना सञ्चालनको तयारीमा रहेका छन् ।  नेपाल धितोपत्र बोर्डमा दुई ओटा खुलामुखी र १२ ओटा बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि योजना व्यवस्थापक कम्पनीहरुले निवेदन दिएका हुन् । नेपालमा मर्चेण्ट बैंकरहरुले सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गर्दै आएका छन् ।  बोर्डको वेबसाइटलाई आधारमान्दा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले खुलामुखी योजना सञ्चालनका लागि नियामक निकायसँग अनुमति मागेका छन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी योजना सञ्चालनको तयारी गरेको हो ।  उक्त योजना सञ्चालनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङले रू. ७५ करोड बराबरको ७ करोड ५० लाख इकाई जारी गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले गत असार २७ गते नै निवेदन दिएको हो । हाल योजना सञ्चालन स्वीकृतिको प्रकृया प्रारम्भिक चरणमै रहेको देखिन्छ । लक्ष्मी क्यापिटलले सञ्चालनको तयारी गरेको शुभ लक्ष्मी कोष नामक खुला मुखी योजनका लागि भने रू. ५० करोड बराबरको ५ करोड इकाई विक्रीका लागि अनुमति मागिएको छ । खुलामुखी प्रकृतिको यस योजना सञ्चालनका लागि लक्ष्मी क्यापिटलले गत बैसाख ९ गते बोर्डमा निवेदन दिएको थियो । यस योजना सञ्चालनको स्वीकृति प्रकृया भने जवाफ र समीक्षाकै चरणमा रहको देखिन्छ । यी बाहेक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड–२, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलले कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो लगानी योजना, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१, एनएमबि क्यापिटले एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२, सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोड स्किम–३, प्रभु क्यापिटलले प्रभु स्मार्ट फण्ड, सिबिआइएल क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज क्यापिटलले सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड नामक योजना सञ्चालन गर्न लागेका हुन् । असोजदेखि नै नियामक निकाय बोर्ड नेतृत्व बिहिन भएसँगै आईपीओ र सामूहिक लगानीकोष योजनाका लागि स्वीकृति दिने प्रकृयामा ढिलाई भइरहेको छ ।  अध्यक्ष पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अझै बोर्डको अध्यक्ष पदपूर्तिका लागि केहि समय लाग्ने देखिन्छ । बोर्डको सञ्चालक समितिको निर्णयपछि मात्र काम कारवाही अघि बढाउनु पर्ने अवस्थाले पछिल्लो समय आईपीओ र सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमति प्रकृया लम्बिएको जानकारी बोर्डले दिएको छ ।  हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका बोर्डका कार्यकारी निर्देशक निरज गिरीले यसअघि शर्त तोकेर स्वीकृति दिने व्यवस्था रहेकोमा हाल सञ्चालक समितिले शर्त पूरा गरेपछि मात्र स्वीकृति दिने व्यवस्था गरेको बताएका छन् । सोही व्यवस्थाका कारण पनि कतिपय कम्पनीको आईपीओ एवम् सामूहिक लगानीकोष योजना सञ्चालनको अनुमतिमा ढिलाई भएको जानकारी गिरीले दिए । स्वीकृतिको प्रारम्भिक चरणमा रहेका योजना :                                                                       स्रोतः नेपाल धितोपत्र बोर्ड

प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउँदै

भदौ ११, काठमाडौं । प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ ।  प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्कासन गर्न बोर्डमा साउन २५ गते निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । योजनाले बोर्डबाट स्वीकृति पाएपछि उक्त इकाई निष्कासन गर्नेछ ।