विश्व अर्थतन्त्रमा उदाउँदै दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सीमा विवादलाई लिएर दुई देशबीच पटक-पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । गत शुक्रबार मात्र भारतीय र चिनियाँ सैनिकबीच उत्तरपूर्वी राज्य अरुणाचलको तवाङ क्षेत्रमा झडप भयो ।