काठमाडौं । भारत, भुटान र चीनबीचको त्रिदेशीय सीमानामा झण्डै एक महिनादेखिको तनाव साम्य हुने भन्दा पनि उत्कर्षतर्फ उद्दत रहेको दुईदेशीय आमसञ्चारहरुको समाचारले देखाउँछ । सीमा क्षेत्रको विषयलाई लिएर चिनियाँ तथा भारतीय सञ्चारमाध्यमहरुमा एकले अर्काे मुलुकलाई धम्काउने र चेतावनी दिने काम पछिल्ला दिनहरुमा बढी नै मात्रामा देख्न थालिएको छ ।