अहिले फेरि चीनले भारतको अरुणाचल प्रदेशको विभिन्न ११ स्थानको नाम परिवर्तन गरिदिएपछि सीमा क्षेत्रमा गतिरोध झनै बढ्ने देखिएको छ । चीनले भारतको अरुणाचल प्रदेशलाई मान्यता दिँदैन । उसले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बती क्षेत्र र जंगनान प्रान्त भन्ने गरेको छ ।