काठमाण्डाै – भारत र चीनबीच विवादित सीमा क्षेत्र लद्दाखलाई लिएर सम्झौता भएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंहले बिहीवार पूर्वी लद्दाखको वर्तमान स्थितिबारे संसदलाई जानकारी गराउनुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘चीनसँग प्याङगोङ तालको उत्तर र दक्षिण क्षेत्रमा सेनालाई पछि हटाउने सहमति भएको छ । हाम्रो दृढ सङ्कल्प र अर्थपूर्ण वार्ताका कारण चीनसँग सहमति भएको हो, सदनलाई यो कुरा भनिरहँदा निकै खुसी लागेको छ ।’पूर्वी लद्दाखमा भारत र चीन सीमा (वास्तविक नियन्त्रण रेखा ‘एलओसी’) मा दुई देशबीच झण्...