कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुईवटा प्रदेशमा अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम प्रदेश नम्बर-१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही)लाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

सम्बन्धित सामग्री

निर्वाचनमा सबैको साथ र समर्थन पाउँछु : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा सबैको साथ र समर्थन पाउने बताएका छन् । उनले कुनै दल वा व्यक्तिसँग प्रतिशोधको भावना नरहेकोले सबैको सहयोग पाउने बताएका हुन् ।शनिबार हेटौँडा -८ कमानेमा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले मकवानपुरको समग्र विकासको निमित्त जनताले साझा उम्मेदवारको रूपमा आफूलाई लिने र सहयोग गर्ने विश्वास व्यक्त गरे । मकवानपुरको विकासमा थुप्रै कामहरू अधुरो रहेको र केही सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको उनले बताए । हेटौँडालाई प्रदेश राजधानी

प्रदेश सरकार आवश्यक छैन : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले प्रदेश सरकारको भने आवश्यक्ता नरहेको तर्क गरे । बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि […]

प्रदेश सरकारको आवश्यकता छैन : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने बताएका छन्। बिहीबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने तर्क गरे। त्यस्तै केन्द्रीय […]

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री

राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे ।पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कमल थापाले गरे दुई प्रदेश अध्यक्ष मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुईवटा प्रदेशमा अध्यक्ष मनोनीत गरेका छन् । पार्टीको विधानबमोजिम प्रदेश नम्बर-१ को अध्यक्षमा वासुदेव भट्टराई (झापा) र लुम्बिनी प्रदेशको अध्यक्षमा गणेश पौडेल (रुपन्देही)लाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

राप्रपा महाधिवेशनमा पूर्वराजाको भूमिका के थियो ?

२०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीले सर्मनाक पराजय भोगेपछि आयोजित केन्द्रीय समिति बैठकमा राप्रपा अध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा घोषणा गरे। बैठकमा थापाको भनाई थियो, ‘मैले राजीनामा घोषणा...

धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताए । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।र

राप्रपा अध्यक्ष कमल थापाले मतदान गरे

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ। ४५ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए पनि त्यसअघि नै मतदाताहरु लामबद्ध भएका थिए। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका…