काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, एक १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सक्नेछन् । यसका साथै क्लियरेन्स मोडेलमा पनि विशेष छुटको व्यवस्था र