शिवमले घोषणा गर्यो २९ प्रतिशत नगद लाभांश, यो वर्ष बोनस नदिने

शिवम् सिमेन्टले आफ्ना लगानीकर्ताहरुलाई २९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिफलबाट उक्त नगद लाभांश प्रस्ताव गरेको हो । बोनस सेयर पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारणसभा डाकेको छ । यसपटक लगानीकर्तालाई शिवमले बोनस सेयर नदिने भएको छ ।कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजीबाट लगानीकर्तालाई लाभांशमार्फत २७ करोड ६० लाख रुपैयाँ नगद वितरण गर्ने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सम्बन्धित सामग्री

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

नेपाल टेलिकमले पहिलो पटक घोषणा गर्‍यो बोनस सेयर

१ चैत, काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले […]

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो...

युनिलिभरले घोषणा गर्यो प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश

युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ ।कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ । नगद लाभांशका लागि कम्पनीले यही असोज २५ गते बुक क्लोज हुने बताएको छ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिएको थियो ।आजको दिनमा कम्पनीको

कुमारी इक्विटी फण्डद्वारा ५ % नगद लाभांश दिने घोषणा

साउन १८, काठमाडौं । कुमारी इक्विटी फण्डले गत आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट नगद लाभांश घोषणा दिने घोषणा गरेको छ।  कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतवार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुमारी सामुहिक लगानी कोष अन्तर्गत उक्त योजना सञ्चालित रहेको छ ।

एनआइबिएल सहभागिता फण्डद्वारा ५०% नगद लाभांश वितरण गर्ने घोषणा

साउन १५, काठमाडौं । एनआइबिएल सहभागिता फण्डले आफ्ना इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ ।  फण्डले आव २०७७/ ७८ को लेखा परिक्षण सम्पन्न भई साउन १४ गते बसेको सञ्चालक समितिले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त नगद लाभांश प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन १४ गते बन्द भएको छ । यस आधारमा साउन १३ गतेसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । यस फण्ड एक खुला मुखी योजना हो ।  उक्त फण्डका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश(कर तथा निर्धारित डिपी शुल्क ) बराबरको रकमबाट नगद लााभंश वितरण पछि समायोजित मूल्यमा लाभांश पुन : लगानी योजना मार्फत उक्त रकमल थप इकाईहरु खरीद गर्न सक्ने सुविधा पनि रहेको छ । फण्डले सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुले एनआइबिएल एस क्यापिटल लिमिटेडका शाखाहरु तथा तोकिएका  वितरकहरुमा फारम भरी नाम दर्ता गराउन अनुरोध गरेको छ ।धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लक्ष्मी इक्वीटी फण्डद्वारा ३५ प्रतिशत नगद लाभांश घोषणा

७ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डले आफ्ना शेयर धनीहरुका लागि ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले इकाईधनीहरुलाई सो लाभांश घोषणा गरेको हो । आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको लक्ष्मी क्यापिटल मार्केटले […]

लक्ष्मी उन्नती कोषद्वारा २५ % नगद लाभांश घोषणा

साउन ५, काठमाडौं ।  लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी उन्नती कोषले आव २०७७/ ७८ को लागि इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।   योजनाले २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । योजनाको साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।