सूचीकृत कम्पनीको बोनस सेयरको कर नगद लाभांशबाट मिलान गर्नुपर्ने

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोनस सेयर जारी गर्दा सूचीकृत कम्पनीले नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । हाल कतिपय सूचीकृत कम्पनीले लाभांशको रुपमा बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनका लागि नगद लाभाँश व्यवस्था नगर्दा सेयरधनीले नै बोनस सेयरको कर तिर्नुपर्ने अवस्था थियो । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक […]

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस शेयर मंगलवार (आज) सूचीकृत भएको छ । बैंकको १ करोड ५१ लाख ६९ हजार १६६ दशमलव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  बैंकले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि पनि पारित गरेको थियो ।

तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । होटल्सको ७ लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   होटल्सले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।

तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको उक्त बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीका सम्बन्धित शेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९  लाख ८६ हजार २२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  युनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६१२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोल्टी होटेलको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवार सोल्टी होटल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । होटलको ४४ लाख २३ हजार ८६४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।   होटलले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले २६ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  कम्पनीले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।  कम्पनीले असोज ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित पारित गरिसकेको छ ।

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ३१% बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो ।सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको […]