बलेवा । एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरुले ती संस्थामा ज्ञापनपत्र बुझाउनाका साथै सयौँ उपभोक्ताको हस्ताक्षर पनि बुझाएका हुन् । अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्लीप्रसाद गौतम […]