काभ्रेपलाञ्चोकमा उद्योगी व्यवसायी, होटल व्यवसायीबाट प्राप्त गुनासाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले २ जनालाई पक्राउ गरेको छ ।
काभ्रेको धुलिखेल नगरपालिका–५ चौकोट बस्ने ३२ वर्षीय ज्वाला भन्ने कृष्णराम महतलाई पनौती, धुलिखेल र बनेपा क्षेत्रका उद्योगी व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काभ्रेको खानिखोला गाउँपालिका–७ बस्ने २८ वर्षीय मम भन्ने दिनेश गोलेलाई पनौती बजार वडा क्षेत्रमा गुण्डागर्दी शैलीमा विभिन्न किसिमका...