नीरा हत्या घटना : अनुसन्धान साँघुरो बनाउँदै प्रहरी

नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।

सम्बन्धित सामग्री

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी

मुगु छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ । घटना कात्तिक ८ गतेको भएपनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे …

निर्मला हत्या अनुसन्धान गर्न फेरि डीआईजीको नेतृत्वमा समिति गठन

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सीआईबीमा कार्यरत एसपी कमल थापा र

न्युरोडमा युवकको मृत्यु घटना - कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो । युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए । ‘हत्या नै भएको आशंका पनि

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको गोली लागेर हत्या भएको पुष्टि

विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका प्रहरी र स्थानीयबीचको झडपमा मृत्यु भएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गाली हानेर हत्या भएको खुलेको छ। पोस्मार्टम रिपोर्टमा उर्मिलामाथि धारिलो हतियार नभएर गोली लागेको पुष्टि भएको हो।विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’ उल्लेख छ। प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महिला प्रहरीको शरीरबाट गोली निकालिएको उल्लेख छ। तर, यसअघि धारिलो हतियार प्

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...

भूपेन्द्र बडुवाल हत्याकाण्ड : भारतमा लुकेका मुख्य आरोपी खोज्दै प्रहरी

कैलालीका युवा भूपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीले हालसम्म ३० जना बढीसँग घटना विवरण लिएको छ भने १ दर्जन बढीसँग बयान लिएको छ । कात्तिक २३ गते भएको हत्या घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले हालसम्म २० जना बढी व्यक्तिसँग बयान लिएको छ तर हालसम्म प्रहरी अनुसन्धान चुरोमा भने पुग्न बाँकी नै छ । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले भने, ‘अनुसन्धान जारी छ । हालसम्म ३० जना बढीसँग घटना विवरण लिइसकेका छौं भने अभियुक्तहरूसँग बयान लिएका छौं । हामी अनुसन्धानको अन्तिम चरणमा छौं । १/२ दिनम...

संखुवासभा घटना : बाकसमा भेटियो सुन र पैसा

सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नाै गेडी मुन्द्री लगायतका सुनका गहना , करीब चार लाख रुपैँया रकम र  चार सेट माेवाइल फाेन फेला परेको साे घटना अनुसन्धानमा संलग्न सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालले जानकारी दिए । मादी १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको परिवारको रहस्यमय हत्या प्रकरणमा घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसप...

संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा […] The post संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा घटना : घटनास्थलमा प्रहरी, दुई बच्चासहित ६ को हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी केहीबेरअघि घटनास्थल पुगेको र घटना भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले रातोपाटीलाई जानकारी दिए । केहीबेर अघि प्रहरी घटनास्थलमा पुगेको र आफूसहितको टोलीपछि घटनास्थल जाँदै गरेको उनले बताए । घटनास्थल चैनपुरबाट करिब ५० किलोमिटर पूर्व रहेको बताइएको छ ।  जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेक

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...